सचिनको स्मृतिमा खुल्ला दौड हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सचिनको स्मृतिमा खुल्ला दौड हुने

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, बुधबार

    तनहुँ : रोटर्याक्ट क्लव अफ दमौलीले स्व. सचिन श्रेष्ठको स्मृतिमा खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवले फागुन १५ गते शनिबार १८ औ स्व. सचिन स्मृति खुल्ला दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    क्लवले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिनुभयो ।

    दमौली प्रशासनचोकबाट शुरु हुने दौड गल्वुवेशी, जलदेवी टोल हुँदै छाब्दी बसपार्कमा पुगेर टुङ्गिनेछ । ९ किमि दूरीको दौड प्रतियोगिताका प्रथमलाई रु १० हजार १०, द्वितीय हुनेलाई रु ८ हजार ८ र तृतीय हुनेलाई रु ६ हजार ६ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा ५० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घॉसीकुवा पुगेर पुन: प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि यस पटक दौडको रुट परिवर्तन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबर्धनका लागि पनि दौडले सहयोग पुग्ने उहॉले विश्वास व्यक्त गर्नुभयो ।

    रोटर्याक्ट क्लवका जोन सचिव एवं कार्यक्रम संयोजक विशाल श्रेष्ठले विगतका वर्षभन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको जानकारी दिनुभयो । प्रथम पुरस्कार रोटरी क्लव दमौली, तृतीय पुरस्कार शेरबहादुर बोटेले गर्ने सो अवसरमा जानकारी गराईयो ।

    रोटर्याक्ट क्लवका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा क्लवले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    पत्रकार सम्मेलनमा रोटरी क्लवका अध्यक्ष दामोदर भण्डारी, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रदीप काफ्ले लगायतले सामाजिक काममा क्लवको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो ।