नेकपा एकताबद्ध बनाउन अविश्राम पहल गरौं : मन्त्री चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नेकपा एकताबद्ध बनाउन अविश्राम पहल गरौं : मन्त्री चुमान

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, बुधबार

    पाेखरा : गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई एकताबद्ध बनाउन अविश्राम पहल गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि मन्त्री चुमानले अझै पनि एकता सम्भव रहेको उल्लेख गर्नुभएको हो ।

    “नबहकिऔ, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व ग्रहण गरौं,” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचण्ड–माधव नेपाल समूहका नेता चुमानले भन्नुभयो, “हामी आफैले बनाएको संविधानको अदालतले सम्मान ग¥यो भनेर बुझौ ।”