काठमाडौ: सत्तारुढ नेकपाका नेता लालबाबु पण्डितले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि प्रचण्ड माधवकुमार नेपालले गरेको प्रस्तावमा आपत्ति जनाउनुभएको छ ।
नेता पण्डितले अहिलेको परिस्थितिमा नेकपाको एकीकरण भंग भइनसकेकाले अहिले कांग्रेसको नेतृत्वमा सरकारमा जानु जनमतको अपमान भएको बताउनुभयो ।
सामाजिक सञ्जालमार्फत नेता पण्डितले प्रचण्ड-माधव समूह आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकारमा गए आफू विरोधमा बस्ने भन्दै नेतृत्वलाई सचेत गराउनुभएको छ।
पण्डितले लेख्नुभएको छ, ‘नेकपामा कठिन भएपनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुँदैन । यो जनमतको अपमान हुने भएकोले कहीँ यस्तो अवस्था नआओस् । मेरो यसमा बिरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराउँछु ।