आँधिमूल, छिम्केश्वरीको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको साथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँधिमूल, छिम्केश्वरीको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको साथ

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) गण्डकी प्रदेशद्वारा बिहीबार तनहुँकाे पर्यटकीयस्थल आँधिमूलमा आयोजित आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक अन्तरक्रियामा प्रवद्र्धनको महत्वपूर्ण माध्यम सञ्चार नै भएकामा जोड दिइएको छ ।

    कुनै पनि पर्यटकीयस्थलको प्रवद्र्धनका लागि त्यहाँका वास्तविकतालाई जनसमक्ष पु¥याउने महत्वपूर्ण माध्यम सञ्चार भएको जनाउँदै वक्ताले प्रकृति र संस्कृतिको संरक्षण गर्दै त्यसको उजागर गर्नुपर्ने बताए ।

    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पर्यटन प्रवद्र्धनमा गण्डकी प्रदेश सरकारले जोड दिएको बताउँदै आँबुखैरेनी गाउँपालिकाका आँधिमूल, छिम्केश्वरीलगायत पर्यटकीयस्थलको प्रवद्र्धन आवश्यक भएको बताउनुभयो ।

    पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले पर्यटन र पत्रकारिताबीच निकट सम्बन्ध भएको जनाउँदै कुनै पर्यटकीयस्थलको समाचार सम्प्रेषण गर्दा त्यसको पृष्ठभूमिका साथै आवश्यक पर्ने तथ्य समेट्नुपर्ने तथा सञ्चारकर्मी नियमित रुपमा अद्यावधिक हुनाका साथै सूचनास्रोतबारे जानकार बन्नुपर्ने बताउनुभयो ।

    आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार आँबुखैरेनीलगायतको उजागरका लागि सञ्चारकर्मीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । राससका प्रमुख समाचारदाता राजु शाक्यले प्रत्येक पर्यटकीयस्थलको प्रवद्र्धनका लागि ऐतिहासिक एवम् सांस्कृतिक पक्षलाई सँगसँगै ल्याउनुपर्ने तथा समयसापेक्ष रुपमा प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्थाले आँबुखैरेनीको पर्यटकीय सम्भावनाको उजागरका लागि फोनिज गण्डकी प्रदेशका तर्फबाट साथ र सहयोग दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पर्यटनविज्ञ हरिसिंह गुरुङ, फोनिज गण्डकी प्रदेशका इञ्चार्ज हुमबहादुर तमु, महासचिव रुद्र श्रीस, आँबुखैरेनी गाउँपालिकाका उपप्रमुख पुष्पादेवी श्रेष्ठ, प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा नं १ का वडाध्यक्ष किसन थापालगायतले आँधिमूलसहित गाउँपालिकाका पर्यटकीयस्थलले धेरै सम्भावना बोकेको बताउँदै त्यसको उजागरका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।