काठमाडौँ : आगामी फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गर्न सरकारले सिफारिश गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।
गत फागुन ११ गते सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र आगामी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।