तनहुँ : प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सनाले सामुदायिक क्याम्पसमा सरकारको सहयोग अन्यायपूर्ण रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिबार आयोजित पब्लिक क्याम्पस संघ तनहुँको बैठकमा उहॉले उच्च शिक्षामा ३३ प्रतिशत विद्यार्थीको भारवहम गरेक् सामुदायिक क्याम्पसलाई सरकारले उपेक्षा गरेको बताउनुभयो ।
सबै उच्च शिक्षाका सरोकारवालाहरुले सामुदायिक क्याम्पसका पक्षमा बोल्न लेख्न आवश्यक रहेको उहॉले बताउनुभयो । बैठकमा संघका गण्डकी प्रदेश अध्यक्ष महाप्रसाद हड्खलेले प्रदेशको गतिविधिहरुको जानकारी गराउनु भएको थियो । बैठकमा क्याम्पसहरुका सञ्चालक समितिका अध्यक्ष/उपाध्यक्ष र प्रमुखहरुले कोरोना माहामारी पछिको क्याम्पस सञ्चालनका आर्थिक, भौतिक र शैक्षिक चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो।
बैठकले आगामी चैत्र २१ गते जनज्योति क्याम्पस भिमादमा जिल्लाका सामुदायीक क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक संघका ईकाई अध्यक्षहरुको सहभागिता रहने गरी संघको जिल्ला अधिवेशन गर्ने निर्ण गरेको छ।
साथै वैशाखको पहिलो साता सामुदायिक क्याम्पसमा स्थानी तहको आर्थिक सहायता वृद्धि गर्न तनहुँका स्थानीय तह प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखको सहभागिता हुने गरी गोष्ठि आयोजना गरिने भएको छ ।