तनहुँ : सुमिना गुरुङ ‘मिस तनहुँ २०२१’ को ताज पहिरिन सफल हुनुभएकाे छ । शनिबार सम्पन्न मिस तनहुँको पाँचौं संस्करण २०२१ मा ९ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका-२ निवासी १६ वर्षीया सुमिनाले उपाधी चुम्नुभएकाे हाे ।
प्रतियोगितामा सन्धा धिताल फस्ट रनरअप र विशाखा श्रेष्ठ सेकेण्ड रनर अप घाेषित हुनुभयाे । त्यसैगरी दर्शकको रोजाइमा रिया सन्त्राले उपाधि जित्नुभयाे । प्रतियोगिताको निर्णायकमा मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, पर्यटनविज्ञ हरिसिं गुरुङ, मिस तनहुँ २०१५ सुजना श्रेष्ठ हुनुहुन्थ्याे ।
मिस तनहुँ बन्न सफल सुमिनाले रु पचास हजार सहित प्रमाणपत्र र ताज प्राप्त गर्नुभएकाे छ । फस्ट रनरअपले रु ३० हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो र सेकेण्ड रनरअपले रु २० हजार नगद, ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गर्नुभयाे ।
प्रतियोगिता डाँफे मल्टिमिडियाको आयोजनामा भएको हो । प्रतियोगिताको जेभियर ईन्टरनेशनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको थियो । साेही अवसरमा आयाेजक सन्जु घलेले व्यास नगरपालिका-५ स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमलाई नगद रु पाँच हजार ५० प्रदान गर्नुभयाे ।