तनहुँ : तनहुँको व्यास नगरपालिका-५ वेनीपाटनमा जारी तनहुँ क्रिकेट कपको दोस्रो दिन भएको खेलमा मोर्डन क्लव र एन्जल्स क्लवले जित हात पारेको छ। परिवर्तन नेपालले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन मोर्डन नेपाल र पेलिसियन्स क्लबबीच भएको पहिलो खेलमा मोर्डन तथा राइवल्स र एन्जल्स क्लवबीच भएको खेलमा एन्जल्स क्लव विजयी भएको छ ।
पेलिसियन्स क्लवले १ सय २३ रनको लक्ष्य दिएकामा मोर्डन नेपालले पॉच विकेटले जित हात पारेको छ। त्यस्तै राईभल र एन्जल्सबीच भएको खेलमा एन्जल्स ५१ रनले विजयी भएको आयोजकले जनाएको छ । पहिलो खेलमा मोर्डन नेपालका कुमार थापा र दोस्रो खेलमा एन्जल्सका अरुण ऐरी म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।
प्रतियोगितामा विजेतालाई रु ६० हजार र उपविजेतालाई रु ३० हजार नगद प्रदान गरिने परिवर्तन नेपालका अध्यक्ष प्रविण पौडेलले जानकारी दिनुभयो । साथै म्यान अफ दि म्याच र म्यान अफ दि सिरिजलाई पनि पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा तनहुँका पाँच र काठमाडौको एक टिमको सहभागिता छ । प्रतियोगिता १९ गतेसम्म सञ्चालन हुनेछ ।