सरकार र विप्लव समूहबीच वार्ता शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकार र विप्लव समूहबीच वार्ता शुरु

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७७, बुधबार

    काठमाडौं : सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।

    सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउनेबीचको वार्ता जारी छ । (नेपाल प्रेसबाट)