गोङ्गबु हत्याकाण्डकी कल्पनालाई आजीवन कारावासको फैसला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गोङ्गबु हत्याकाण्डकी कल्पनालाई आजीवन कारावासको फैसला

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७७, बुधबार

    काठमाडौ : गोङ्गबु हत्या काण्डकी कल्पना मुडभरी पौडेललाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

    जिल्ला अदालत काठमाडौका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले फागुन १३ गते गोङ्गबु हत्या काण्डकी मुख्य अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो ।

    कल्पनाले गत साउन २५ गते आफ्नै कोठामा दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहराको शरीर र टाउको काटेर सुटकेशमा हाली सडकमा फालेकी थिइन् ।

    सो घटनामा संलग्न रहेकी कल्पनालाई आजिवन काराबासको फैसला सुनाएको र उनकी छोरीलाई भने सफाइ दिने फैसला गरेको छ । कृष्ण बोहरा र कल्पनाबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् ।