काठमाडाै : दुई वर्षदेखि भूमिगत रहनुभएका नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं पुग्नुभएकाे छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उहाँ शुक्रबार बिहान १२ बजेतिर कलंकी आइपुग्नुभएकाे हाे ।
कलंकीबाट सभागृह नपुगुञ्जेल उहाँ बीचमा कतै बस्ने भनेका छन्। तर, त्यो ठाउँलाई प्रहरीले गोप्य राखेको छ। ‘विप्लव काठमाडौं आइपुगिसक्नुभएको छ, उहाँ सभागृह जानुअघि बीचमा केहीबेर आराम गर्ने कार्यक्रम छ,’ प्रहरीका एक उच्च अधिकारीले भन्नुभयाे ।
विप्लवलाई चितवनबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएको ती अधिकारीले बताए । (सेताेपाटीबाट)