काठमाडौ: नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले उक्त कुरा बताउनुभएको हो ।
‘तीन बुँदेमा नेकपा प्रतिबद्ध र, यसलाई हामी पालना गर्छौँ’, उहॉले भन्नुभयो, ‘कोहीबाट पनि आशंका या विभिन्न ढंगले यसलाई उत्तेजनात्मक बनाउन र कुतर्क गर्न जरुरी छैन।’