व्यास सहकारीद्वारा पराशर टोललाई कुर्सी सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास सहकारीद्वारा पराशर टोललाई कुर्सी सहयोग

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७७, शनिबार

    तनहुँ : व्यास नगरपालिका-३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले पराशर टोलका लागि कुर्सी सहयोग गरेको छ । सहकारीले टोलका लागि पॉच थान कुर्सी सहयोग गरेको हो ।

    सहकारीले सामाजिक उत्तरदायित्व अन्तरर्गत उपलब्ध गराएको कुर्सी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र सहकारीका अध्यक्ष प्रदिप अधिकारीले टोलका अध्यक्ष सरस्वती न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

    समन्वय समिति प्रमुख वाग्लेले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको कुर्सी टोलको चोकचोकमा राख्न सुझाव दिनुभयो । वाग्लेले सहकारीले बचत र ऋण लगानी मात्र नभइ समाजको हितका लागि पनि कार्य गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।

    सहकारीका अध्यक्ष अधिकारीले सहकारीले रक्तदान कार्यक्रम, सरसफाइ कार्यक्रम, दमौली अस्पतालमा फर्निचर हस्तान्तरण, ज्येष्ठ नागरिक तथा जिल्लाका विभिन्न विधामा उत्कृष्ठ व्यक्तिलाई सम्मान, कार्य क्षेत्र अन्तर्गतका भूकम्प पीडितलाई आर्थिक सहयोग गर्दै आएको जानकारी दिनुभयो

    व्यास सहकारीका हाल १७ सय ६५ सेयर सदस्य रहेका छन् भने सम्पत्ति दायित्व २५ करोड ५४ लाख १४ हजार ८ सय ८३ रुपैया रहेको छ ।