विप्लवको सुरक्षामा इन्स्पेक्टरको कमान्डमा अगुवा गाडीसहित १० जना प्रहरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विप्लवको सुरक्षामा इन्स्पेक्टरको कमान्डमा अगुवा गाडीसहित १० जना प्रहरी

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७७, मंगलवार

    काठमाडाै : गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ। गत शुक्रबार सार्वजनिक हुनुभएका विप्लव खुला राजनीतिमा आएसँगै उनलाई सुरक्षा दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे ।

    उहाँलाई मन्त्रालयको निर्देशन अनुसार आवश्यक सुरक्षा दिएको पराजुलीले बताउनुभयाे । ‘आवश्यक सुरक्षाको व्यवस्थापन मिलाउनू भनेर गृहबाट निर्देशन भएको छ त्यहीअनुसार प्रहरीहरू खटिएका छन्,’ उहाँले भन्नुभयाे, ‘सुरक्षा थ्रेट भन्दा पनि भर्खरै शान्ति प्रक्रियाबाट मूलधारमा आउनुभएको छ। त्यसैले सुरक्षा दिएको हो।’

    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा टोली खटिएको छ। काठमाडौंको हकमा परिसरले दिने र बाहिरी जिल्लाको हकमा हेडक्वार्टरले व्यवस्था मिलाएको उहाँले बताउनुभयाे । (सेताेपाटीबाट)