नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७७, बुधबार

    काठमाडौं : नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नछाड्ने, प्रमुख र अरु प्रतिपक्षसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्नै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकार नछाड्ने बताउँदै वर्तमान परिस्थिती नियालिरहेको र त्यसको विश्लेषण गरेर अघि बढ्ने बताउनुभयो ।

    स्थायी कमिटी बैठकले पार्टीको अहिलेको स्थितीको यथार्थलाई अगाडी राखेर अबको संगठन निर्माणको योजनालाई ठोस दिशामा अघि बढाउनको लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ ।