ज्येष्ठ नागरिकलाई खोप : चार दिनमा आठ हजारलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ज्येष्ठ नागरिकलाई खोप : चार दिनमा आठ हजारलाई

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७७, बुधबार

    तनहुँ : तनहुँमा चार दिनको अवधिमा आठ हजार बढी ज्येष्ठ नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । फागुन २३ गतेबाट शुरु अभियान अन्तर्गत बुधबारसम्म पाँच पालिकाका आठ हजार ४५ ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।

    व्यास नगरपालिकाका दुई हजार सात सय ९९, भानु नगरपालिकाका दुई हजार तीन सय ९४, देवघाट गाउँपालिकाका एक हजार ७२, आँबुखैरेनी गाउँपालिकाका आठ सय ७७ र बन्दीपुर गाउँपालिकाका नौ सय तीन ज्येष्ठ नागरिकलाई खोप लगाइएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

    फागुन २८ गतेदेखि शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका ज्येष्ठ नागरिकलाई खोप लगाइनेछ । यस अवधिमा १५ हजार भन्दा बढी नागरिकलाई कोभिड विरुद्धको खोप लगाइँदैछ ।

    खोप लगाउनका लागि जिल्लाका दशवटै पालिकामा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियान सञ्चालनका लागि २ सय ६६ स्वास्थ्यकर्मी र ४ सय २५ स्वयंसेवक परिचालन गरिएको छ ।