आश्रममा ५० औं वर्षगाँठ, निर्माणाधीन भवनका लागि सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आश्रममा ५० औं वर्षगाँठ, निर्माणाधीन भवनका लागि सहयोग

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–२ निवासी वेणीमाधव भण्डारी र राधादेवी भण्डारीले ५० औं वैवाहिक वर्षगाँठ ज्येष्ठ नागरिक आश्रममा मनाउनुभएको छ । विवाह गरेको ५० वर्ष पुगेको उपलक्ष्यमा उहाँहरुले व्यास नगरपालिका–५ स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा वैवाहिक वर्षगाँठ मनाउनुभएको हो ।

    सोक्रममा उहाँहरुले आश्रमका ज्येष्ठ नागरिकलाई बिहीबारको भोजन गराउनुका साथै आश्रमको निर्माणाधीन भवनका लागि आर्थिक सहयोग गर्नुभएको छ । आश्रमको निर्माण हुँदै गरेको भवनको दुई वटा मूल ढोकाका लागि उहाँहरुले रु १८ हजार ११ आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।

    भण्डारीले आश्रम स्थापनाकालदेखि नै सहयोग गर्र्दै आएको र वैवाहिक वर्षगाँठ आश्रममै आएर मनाएकामा आफूहरुलाई प्रेरणा मिलेको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा तनहुँ उद्याेग वाणिज्य सङ्घका महासचिव इमकुमार मल्ल, जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठ, भण्डारीका छाेरा एवं राेटरी क्लव दमाैलीका अध्यक्ष दामाेदर भण्डारी, बुहारी सविता भण्डारी लगायत सहभागी हुनुहुन्थ्याे ।