तनहुँ : प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले वर्तमान सरकार पूरै अवधि टिक्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाको बिहीबार भवन शिलान्यास गर्दै सांसद श्रेष्ठले सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताईदिएपछि संसदको सबैभन्दा ठूलो दलको रुमपा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्तको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभयो ।
वर्तमान सरकारले धेरै महत्वपूर्ण कामहरु गरेकाले ती कामहरुको निरन्तरताका लागि पनि सरकारको निरन्तरता अनिवार्य भएको सांसद श्रेष्ठको भनाई थियो । तनहँुका जनताको पीरमर्कामा आफूले सँधै साथ दिँदै आएको आएको बताउँदै उल्लेख गर्दै सांसद श्रेष्ठले जिल्लाका कृषकहरुको पीरमर्कामा आफू साथमा रहने प्रतिबद्धता जनाउनुभयो ।
रु २१ लाख २८ हजार ५ सय ४० को लागतमा निर्माण हुने भवनका लागि
सांसद श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गर्नुभएको थियो । बाँकी रकम रकम सहकारीको आन्तरिक श्रोतबाट व्यहोरिने भवन निर्माण समितिका संयोजक कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।