भोजको वृहत अनलाइन खाना मेला आजबाट शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भोजको वृहत अनलाइन खाना मेला आजबाट शुरु

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७७, शुक्रबार

    काठमा : अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्याउने भोज’ले सुरु गरेको अनलाइन खाना मेला आजबाट सुरु भएको छ। मेलाको दौरानमा उपत्यका भित्रका २०० भन्दा बढी रेष्टुराँहरुबाट खाना अर्डर गरे वापत ७० प्रतिशतसम्म छुट पाइने र इसेवा र फोनपेका माध्ययमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने भोजका संस्थापक निकेत अग्रवालले बताउनुभयाे ।

    रु ९९, रु ९९९, एक किन्दा एक सित्तैमा, का साथै रु १ मा पनि विभिन्न परिकारहरु यस मेलामा पाइने छन्। ७ दिन सम्म चल्ने मेलामा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरु समेत हुने बताइएको छ। प्रत्येक अर्डरमा ग्राहकले सोमेर्स्बी, कोका कोला, पठाओ सवारी, टु पिएम चाउचाउ र ब्लेन्डर (मिल्क सेक बार) मध्ये कुनै उपहारहरू पाउनेछन्।

    साथै हरेक अर्डरमा विभिन्न रेस्टुरेन्टका डिसकाउन्ट भाउचर पनि जित्ने छन्। चौथो संस्करणमा हुन लागेको अनलाइन खाना मेला अन्य सबै अनलाइन फूड फेस्टिवल भन्दा राम्रो हुने भोजको दावी छ। खाद्य संस्कृतिलाई अझ आर्कषक बनाउन र खानाका पारखीहरुलाई सेवा गर्न भोजले नेपालमा पहिलो पटक अनलाइन खाना मेला २०१७ सालमा शुरु गरेको थियो।

    संस्थापक अग्रवालले यस पालिको संस्करण कोरोना – १९ संग आफु भन्दा समाज प्रतिको दायित्वलाई प्राथमिक राखेर सक्रिय रुपमा लड्ने हाम्रा डाक्टर, स्वास्थ्यकर्मी, सफाई कर्मचारी, प्रहरी, सामाजिक कार्यकर्ता, होम डेलिवेरी गर्नेहरुलाइ समर्पित गरेको जानकारी गराउनुभयाे । ‘भोज’ खानाका पारखीहरुका लागि लोकप्रिय मोबाइल एप हो।

    यस एपको माध्ययमबाट प्रयोगकर्ताहरुले खाना डेलिभरीको लागि अर्डर गर्न, निः शुल्क रेस्टुरेन्ट डिलहरु लिन, समीक्षा पढ्न, मेनूहरू ब्राउज गर्न, भोजवालेटमा नगद कमाउन सक्दछन् भने भोजवालेटलाई रेष्टुरेन्टहरूमा पनि प्रयोग गर्न सक्दछन्। भोजबाट रेस्टुरेन्टको खाना बाहेक किरानाका समान, सब्जी तरकारी, फलफुल तथा फ्रोजेन खाद्य सामग्री पनि ग्राहकको घरमा पुर्याइदिन सकिन्छ। हाल भोज मार्फत ५०० भन्दा बढि रेष्टुराँहरुबाट खाना अर्डर गर्न पाइन्छ। अर्डर गर्नका भोज एप, वेबसाईट अथवा फोनको प्रयोग गर्न सकिन्छ।