एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज : मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज : मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७७, शुक्रबार

    काठमाडाै : नेकपा  (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै  पदाधिकारीलाई हटाउने निर्णय गर्नुभएकाे छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाउनुभएकाे हाे ।

    बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

    त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिनुभएकाे छ ।