कुन पालिकामा कतिले लगाए कोभिशिल्ड ? (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुन पालिकामा कतिले लगाए कोभिशिल्ड ? (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७७, मंगलवार

    तनहुँ : दोस्रो चरण अन्तर्गत तनहुँमा सञ्चालन भएको खोप अभियानका क्रममा १७ हजार भन्दा बढीले कोभिडशिल्ड लगाएका छन् । फागुन २३ गतेदेखि शुरु अभियानका क्रममा जिल्लाका दश पालिकाका १७ हजार ७१ जनालाई कोभिशिल्ड खोप लगाइएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार भानु नगरपालिकाका दुई हजार आठ सय ३७, व्यास नगरपालिकाका तीन हजार एक सय ८०, म्याग्दे गाउँपालिकाका एक हजार दुई सय ४८, शुक्लागण्डकी नगरपालिकाका दुई हजार सात सय ३२, भीमाद नगरपालिकाका एक हजार आठ सय ४०, घिरिङ गाउँपालिकाका सात सय ७६, ऋषिङ गाउँपालिकाका एक हजार दुई सय आठ, देवघाट गाउँपालिकाका एक हजार दुई सय नौ, बन्दीपुर गाउँपालिकाका एक हजार ७२ र आँबुखैरेनी गाउँपालिकाका नौ सय ६९ जनालाई खोप लगाइएको छ ।

    फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन भएको थियो । त्यस्तै फागुन २८ गतेदेखि चैत ३ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा अभियान सञ्चालित थियो । दश पालिकामा खोप लगाउनका लागि ९४ खोपकेन्द्र निर्धारण गरिएको थियो ।