तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको आगामी वैशाख ४ गते हुने अधिवेशनका लागि उम्मेदवारी शुल्क तय गरिएको छ । सङ्घको १६ औं अधिवेशनका लागि अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरुको उम्मेदवारी शुल्क तय गरिएको हो ।
जसअनुसार जिल्ला अध्यक्षका लागि रु २५ हजार मनोनयन शुल्क तय गरिएको छ । त्यस्तै प्रथम उपाध्यक्षका लागि रु १८ हजार, द्वितीय उपाध्यक्षका लागि रु १४ हजार, कोषाध्यक्षका लागि रु १२ हजार, महिला उद्यमी सभापतिका लागि रु आठ हजार, इकाई सभापतिका लागि रु पाँच हजार, जिल्ला प्रतिनिधिका लागि रु पाँच हजार, महिला उद्यमी पदाधिकारीका लागि रु तीन हजार, इकाई पदाधिकारीका लागि रु तीन हजार, महिला उद्यमी सदस्यका लागि रु एक हजार पाँच सय, इकाई सदस्यका लागि रु एक हजार पाँच सय, एशोसिएट सदस्यका लागि रु पाँच हजार र वस्तुगत सदस्यका लागि रु पाँच हजार निर्धारण गरिएको छ ।