तनहुँ : माधव नेपाल समूहले तनहुँका दश वटै पालिकामा एमालेको समानान्तर कमिटी घोषणा गरेको छ । शनिबार दमौलीमा सम्पन्न भएको भेलाले जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकामा अध्यक्ष र सचिव घोषणा भएको हो ।
भेलाले एक सय ८ जनाको जिल्ला समिति समेत घोषणा गरेको सचिव श्रीराम कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार व्यास नगरपालिकाको अध्यक्षमा मङ्गलप्रसाद श्रेष्ठ, शुक्लागण्डकीको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ, भीमादको अध्यक्षमा काजिमान श्रेष्ठ, घिरिङको अध्यक्षमा दानबहादुर शाही, ऋषिङको अध्यक्षमा भूपाल थापा, म्याग्देको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, भानुको अध्यक्षमा ऋषिराम पन्त, आँबुखैरेनीको अध्यक्षमा मुकुन्द अधिकारी र बन्दीपुरको अध्यक्षमा भरत केसी चयन हुनुभएको छ ।