भानुमा कर्मचारीद्वारा अनिश्चितकालिन कामकाज बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा कर्मचारीद्वारा अनिश्चितकालिन कामकाज बन्द

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७७, आईतवार

    तनहुँ : तनहुँको भानु नगरपालिकाका कर्मचारीले आइतबारदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको झुठो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेका हुन् ।

    भानु नगरपालिकाका सम्पूर्ण कर्मचारीले प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना नभएसम्म काम सुचारु नगरिने जनाएका छन् ।

    चैत २० गते कर्मचारीको कर्तव्यपालना गरी कार्यालय लगाएको काम गरिरहँदा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको जस्तो झुठो आरोप लगाई प्रहरीलाई खबर गर प्रहरी सहितको टोलीले डरधम्की दिई जबरजस्ती मुचुल्कामा सही छाप गर्न लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ । “कर्मचारीलाई प्रहरी हिरासतमा राख्ने जस्ता निन्दनीय र अपमानजनक क्रियाकलापभएको प्रति सम्पूर्ण कर्मचारी मर्माहत छौ,” विज्ञप्तीमा भनिएको छ, “राष्ट्रको सेवामा अहोरात्र खटिदै गर्दा पटक पटक भएका यस्ता घटनाले हामी सम्पूर्ण कर्मचारी कामकाज गर्न समेत असुरक्षित भएका छौ ।”

    सुरक्षित र सहज वातावरणमा कामकाज गर्ने अवस्थाको सिर्जना गरिदिन भानु नगरपालिका, सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजप्रति कर्मचारीहरुले आव्हान गरेका छन् ।