पोखरा विश्वविद्यालयमा अनियमितता भएको भन्दै नेविसंघको आपत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा विश्वविद्यालयमा अनियमितता भएको भन्दै नेविसंघको आपत्ति

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७७, सोमबार

    दुलेगौँडा : नेपाल विद्यार्थी संघ (नेवि संघ)ले पोखरा विश्वविद्यालयमा आपत्ति भएको भन्दै आपत्ति जनाएको छ । विश्लविद्यालय दिने गरेको छात्रवृतिमा अनियमितता भएको नेविसंघ पोखरा विश्वविद्यालयको आरोप छ ।

    पोखरा बिश्वबिद्धालयले हरेक बर्ष लिने गरेको छात्रवृत्ति प्रवेश परीक्षामा अनियमित भएको बिषयमा छात्रवृत्ति प्रवेश परीक्षा समिती संयोजक हरि बहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको हो । मेहेनती र जेहेनदार विद्यार्थीले छात्रवृति नपाउँदा मनोवैज्ञानिक असर परेको नेवि संघ पियूका नेता विमान प्रधानले बताए । विश्वविद्यालयको यस किसिमको प्रवृति गैरकानुनी रहेको भन्दै उनले आपत्ति जनाए ।

    यथा सिघ्र छानबिन होस र दोसिलाई कडा भन्दा कडा कारबाही होस् नेविसंघ पोखरा विश्वविद्यालयका उपसभापति अनिष बस्नेतले बताए । सत्य छानबिन गर्न नेवि संघले छात्रवृति परिक्षा समितिसँग जोडदार माग राखेको छ ।