सूर्य नेपालद्वारा म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सूर्य नेपालद्वारा म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहन अन्तर्गत सूर्य नेपालले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेलाई बिहीबार एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको छ ।

    कारखानाका व्यवस्थापक कार्कीले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत कम्पनीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि स्थानीयसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष रानाले कम्पनीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै एम्बुलेन्सले सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो । रानाले सूर्य नेपालबाट यस क्षेत्रमा भईरहेको सहयोगको उच्च मूल्याङ्कन गर्दै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

    अब म्याग्दे गाउँपालिकामा दुई वटा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । यस अगाडी गाउँपालिकाले आफैले पनि एम्बुलेन्स खरिद गरेको थियो । दुई वटा एम्बुलेन्स भएसँगै गाउँपालिकाका ग्रामीण भेगका सर्वसाधारणले सहज रुपमा सेवा पाउने गाउँपालिकाका प्रशासन शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।

    सूर्य नेपालले विसं २०७७ असोज १४ गते शुक्लागण्डकी नगरपालिकालाई पनि एम्बुलेन्स हस्तान्तरण गरेको थियो । सूर्य नेपालले बिगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा थुप्रै सहयोग गर्दै आईरहेको छ ।

    सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षाको महशुस गर्दै कम्पनीले विगत ६ वर्ष अगाडी तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो ।