तनहुँ : व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल प्रवल जनसेवाश्री (चतुर्थ)बाट विभूषित हुनुभएको छ। शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा सिग्देललाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नुभयो ।
निजामती सेवामा रही राष्ट्रसेवामा उल्लेखनीय कार्यसम्पादन गरे बापत सिग्देललाई सरकारले उक्त पदक प्रदान गरेको हो । विभूषित भएपछि सिग्देलले आफूलाई थप हौसला मिलेको बताउनुभयो ।