मनकामना केबलकारको पहिलो चरणको मर्मत सकियो, सोमबारदेखि सञ्चालनमा आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मनकामना केबलकारको पहिलो चरणको मर्मत सकियो, सोमबारदेखि सञ्चालनमा आउने

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७७, आईतवार

    गोरखा : मनकामना केबलकारको पहिलो चरणको मर्मत सकिएको छ । पहिलो चरणको मर्मत सकिएपछि सोमबारबाट पुनः सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ । यसअघि मंगलबारदेखि सञ्चालनमा आउने भनिएको थियो ।

    चैत्र २३ गते देखी मर्मतका लागी बन्द गरिएको केबलकारको विदेशी प्राविधिकले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक राजेशबावु श्रेष्ठले बताउनुभयो ।

    २०५५ सालमंसिर ८ गते देखी सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पुरा गरे संगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी मर्मतको काम थालेको छ ।

    अबको २ बर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।