हत्या पश्चात शव लुकाएकाे अभियाेगमा आँबुखैरेनीका आइतसिं पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    हत्या पश्चात शव लुकाएकाे अभियाेगमा आँबुखैरेनीका आइतसिं पक्राउ

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७७, आईतवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ बरालुङ बस्ने १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत २२ गते लाठी सहित कडा वस्तुले शरीरको संवेदनशील अङ्गमा कुटपिट गरी शिशिरको हत्या गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ५० वर्षीय आइतसिं गुरुङलाई पक्राउ गरेको हो ।

    कुटपिटबाट घाइते शिशिरको चैत २४ गते मृत्यु भएको थियो । मृत्यु भएको घटनालाई गोप्य राखी लास सदगद् गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट लास उत्खनन् गरेको थियो । शवको पोष्टमार्टमका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

    पक्राउ परेकाविरुद्ध आइतबार जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । हत्या अभियोगमा पक्राउ परेका आइतसिं मृतकका छिमेकी हुन् ।