तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको छ। चितवनको रत्ननगर बस्दै आउनुभएका माइला भाइ गोविन्दराजको निधनप्रति वरिष्ठ नेता पौडेलले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
आफ्नो राजनीतिक जीवनकालमा सधै सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले एक्लो भएको महशुस भएको पौडेलले बताउनुभएको छ ।
‘गोविन्द नाताले भाइ भए पनि मेरो साथी जस्तै गरि सबै कुरामा सहयोगी थिए’, पौडेलले भन्नुभएको छ, ‘प्रिय भाइ गोविन्द तिम्रो आत्माकाे चीर शान्तिकाे कामना गर्दै स्वर्गबासकाे कामना गर्दछु।’