एमालेमा लागेका माओवादी केन्द्रका ४ प्रदेश सांसद कारबाहीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेमा लागेका माओवादी केन्द्रका ४ प्रदेश सांसद कारबाहीमा

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७७, सोमबार

    काठमाडाै : नेकपा माओवादी केन्द्रले प्रदेश २ का चारजना सांसदलाई बर्खास्त गरेको छ । माओवादी केन्द्र छाडेर नेकपा एमालेतर्फ लागेकोले पार्टीको केन्द्रीय समितिले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको हो ।

    योसँगै उनीहरूको सांसद पद समेत गुमेको छ । यी चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र नेकपा माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई समेत बुझाइसकेको छ । पार्टीले उनीहरूसँग स्पष्टीकरण सोधेको र २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई बर्खास्त गरिएको एकजना प्रदेशसभा सदस्यले जानकारी दिनुभयाे ।

    प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना मात्रै रहने भएका छन् ।