हावाहुरीका कारण १८ घरमा क्षति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हावाहुरीका कारण १८ घरमा क्षति

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, आईतवार

    तनहुँ : तनहुँमा शनिबार र आइतबार आएको हावाहुरीले रु पाँच लाख भन्दा बढीको क्षति पुगेको छ । हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा घर र विद्यालयमा क्षति पुग्दा रु पाँच लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    प्रहरी निरीक्षक शिवराज क्षेत्रीले प्रारम्भिक विवरण अनुसार हावाहुरीका कारण रु पाँच लाख २० हजार बराबरको क्षति भएको जानकारी दिनुभयो ।

    हावाहुरीले भानु नगरपालिका–१३ मा ११ र भानु नगरपालिका–६ मा पाँच घरमा क्षति पुगेको छ । हावाहुरीले भानु नगरपालिका–१ स्थित भीमसेन प्राथमिक विद्यालयको छानो उडाएको छ । भानु नगरपालिकामा मात्रै करिब रु रु चार लाख ८० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

    त्यस्तै देवघाट गाउँपालिका–३ मा एक घरमा क्षति पुग्दा रु २० हजार बराबरको नोक्सान भएको छ । बन्दीपुर गाउँपालिका–६ मा एक घरमा हावाहुरीले क्षति पु¥याउँदा रु २० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण जिल्लाका अन्य ठाउँमा पुगेको क्षतिको विवरण प्राप्त नभएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।