लुम्बिनी प्रदेश सरकारका नयाँ चार मन्त्रीद्वारा सपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुम्बिनी प्रदेश सरकारका नयाँ चार मन्त्रीद्वारा सपथ

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    काठमाडौं : लुम्बिनी सरकारमा थपिएका चारजना मन्त्रीले सपथ लिनुभएको छ । आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाउनुभएको हो ।

    एक समारोहका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी नयाँ मन्त्री बन्नुभयो ।