तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घका निवर्तमान प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र व्यास नगर विकास समितिको सदस्यमा नियुक्त हुनुभएको छ । व्यास नगरपालिकाले नगर विकास समितिको रिक्त रहेको सदस्य पदमा मिश्रलाई मनोनित गरेको हो ।
मङ्गलबार सम्पन्न नगर कार्यपालिकाको बैठकले मिश्रलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर विकास समितिको अध्यक्ष व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने रहने व्यवस्था छ ।