जब राम, सीता, लक्ष्मण र हनुमानकाे मूर्ति बाेकेकाे रथ देवघाट आयाे…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जब राम, सीता, लक्ष्मण र हनुमानकाे मूर्ति बाेकेकाे रथ देवघाट आयाे…

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०७८, मंगलवार

    तनहुँ : चितवनको अयोध्यापुरीमा प्रतिस्थापन गर्न लागिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिसहितको रथयात्रालाई मङ्गलबार तनहुँको देवघाट गाउँपालिकामा स्वागत गरिएको छ । बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले वैदिक अनुष्ठानसहितको पूजा गरी चितवन पठाउनुभएको सीताराम शोभा रथयात्रालाई देवघाटमा स्वागत गरिएको हो ।

    देवघाट गाउँपालिका–५ मा आयोजित रथयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ लगायत सहभागी हुनुभएको थियो । उक्त मूर्तिहरु माडीको अयोध्यापुरीमा लगिनेछ ।

    May be an image of one or more people, people standing and outdoors

    उक्त कार्यक्रममा मन्त्री ढकालले भगवान रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको र त्यसको पुष्टि क्रमशः हुँदै गएको बताउनुभयो । “हामीसँग रामको जन्मको पुष्टि हुने धेरै आधार छ । सीता गुफा देवघाटमा भएको र राम नुहाउन देवघाटमा आउने गरेको तथ्य पनि छ,” मन्त्री ढकालले भन्नुभयो । उहाँले अयोध्यापुरीको विकासका लागि आवश्यक बजेट सरकारले विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । राज्यको आफ्नो धर्म नहुने तर राज्यको नागरिकले आफ्नो इच्छा अनुसारको धर्म मान्न पाउने स्वतन्त्रता भएकाले राज्यले सबै धर्मको सम्मान र संरक्षण गर्ने मन्त्री ढकालको भनाई थियो ।

    सांसद कृष्णकुमार श्रेष्ठले माडीमा भगवान रामको जन्म भएको यो कार्यक्रमले पुष्टि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानले सार्थकता पाएको बताउनुभयो ।

    रथयात्रालाई देवघाटस्थित आश्रम, धार्मिक एवं सामाजिक सङ्घसंस्था, मठमन्दिर, गुम्बा, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था, महिला समूह, आमा समूह लगायतबाट स्वागत गरिएको थियो । रथयात्रालाई बुधबार गलेश्वर आश्रम, सिद्धेश्वर आश्रमबाट कलश यात्रा सहित विदाई गरिनेछ ।