तनहुँ : तनहुँमा मङ्गलबार १ हजार ५ सय भन्दा बढीले कोभिड खोपको दोस्रो मात्रा लगाएका छन् । दशवटै स्थानीय तहमा शुरु भएको खोप अभियानको पहिलो दिन १ हजार ५ सय ७९ जनाले दोस्रो मात्राको खोप लगाएका हुन् ।
भानुमा ८१, व्यासमा ६ सय ५, म्याग्देमा ३९, शुक्लागण्डकीमा १ सय, घिरिङमा ३७, ऋषिङमा ३ सय, देवघाटमा २ सय १२, बन्दीपुरमा ९७ र ऑबुखैरेनीमा १ सय ८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहॉका अनुसार मङ्गलबार १ सय ५५ भाइल खोप खर्च भएको छ ।
व्यास नगरपालिकास्थित दमौली अस्पताल, स्वास्थ्य कार्यालय भवन, कैदीबन्दी, वृद्धवृद्धाका लागि सम्बन्धित स्थानमा, भानु नगरपालिकास्थित पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भानु स्वास्थ्यचौकी, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, खैरेनीटार स्वास्थ्यचौकी, भीमाद नगरपालिकास्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल र डुम्रे आधारभूत स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन गरिनेछ ।
घिरिङ गाउँपालिकास्थित घिरिङ स्वास्थ्यचौकी र साभुङ स्वास्थ्यचौकी, ऋषिङ गाउँपालिकास्थित भिरकोट स्वास्थ्यचौकी र कोटदरवार स्वास्थ्यचौकी, देवघाट गाउँपालिकास्थित धर्मास्थल अस्पताल, आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी स्वास्थ्यचौकी, कृष्णमन्दिर वृद्धाश्रम र म्याग्दे गाउँपालिकास्थित थर्पु स्वास्थ्यचौकी र जामुने स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन हुनेछ ।