काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको आकस्मिक वार्ता सकिएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा भएको वार्ता सकारात्मक भएको बताइएको छ।
‘दुवै नेता हँसिलो देखिनु भएको छ। सकारात्मक भएको रुपमा बुझ्न सक्छौँ। मैले वार्ताको पहल गरेको होइन। म दर्शक भएर आएको हुँ,’ प्रम ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले भन्नुभयो ।
वरिष्ठ नेता नेपालले भने आफ्नो समूहसँग छलफल गरेर मात्र प्रतिक्रिया दिने बताउनुभयो ।
ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच वार्ता भएको हो। महिना दिन लामो संवादहिनता पछि दुई नेताबीच वार्ता भएको हो। यसअघि चैत २ गते धुम्बाराहीमा समूहिक वार्ता भएको थियो। (पहिलोपोष्टबाट)