यस्तो बन्ने भयो एमालेको नयॉ भवन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यस्तो बन्ने भयो एमालेको नयॉ भवन

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७८, बिहीबार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुस्थित आफ्नै पूरानो कार्यालय रहेको जग्गामा नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको छ ।

    १३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख बिष्णु रिमालले जानकारी दिनुभयो । नेकपाकालमै भवन निर्माण गर्ने भनिए पनि पार्टीभित्रै किचलो भइरहेकाले थाति रहेको रहेको थियो ।

    २०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सन्चालन हुँदै आएको थियो । आजै एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सन्चालन हुने गरी उद्घाटन हुँदैछ ।

    आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवश पनि हो । स्थापना दिवसको अवसर पारेर एमालेले आफ्नो नयाँ भवनको शिलान्यास गरेको हो । भवनको डिजाइन अन्तिम चरणमा पुगेको र पार्टीले आफ्नै कार्यकर्ताको लेबी र सहयोगमा भवन निर्माण गर्ने केन्द्रीय सदस्य सूर्य थापाले बताउनुभयो ।

    एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुनेछ । सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ ।

    मदननगर बल्खुमा अवस्थित जननेता मदन भण्डारीको शालिक नयाँ भवनको अगाडि पनि कायमै रहने बताइएको छ । भवन अपांगमैत्री बनाउनेगरि डिजाइन भइरहेको एमालेले जनाएको छ ।

    निर्माण लागत र निर्माण अवधिबारे भने अझै टुंगो लागिसकेको छैन । जतिसक्दो चाँडो भवन निर्माण गरि पार्टी कार्यालय सन्चालन हुने केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए । ढिलो दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्न लक्ष्य राखिएको एमाले स्रोतले जनाएको छ ।

    संयोग नै मान्नुपर्छ एमालेले आफ्नो पहिलो केन्द्रीय कार्यालय भवन तत्कालीन मनमोहन अधिकारी प्रधानमत्री रहेको पहिलो नौ महिने सरकारको पालामा निर्माण थालेको थियो । (नेपाल प्रेसबाट)