वित्तीय साक्षरता एवं उद्यमशीलता तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वित्तीय साक्षरता एवं उद्यमशीलता तालिम

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७८, बिहीबार

    तनहुँ : नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व तथा सामी हेल्भेटासको प्राविधिक सहयोगमा तनहुँ जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता एवं उद्यमशीलता तालिम बिहीबार सम्पन्न भएको छ ।

    डिप्रोक्स—नेपाल र व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको साझेदारी तथा आर्थिक व्यवस्थापनमा सञ्चालित पाँच दिने तालिम सम्पन्न भएको हो । तालिम वैशाख ५ गतेदेखि शुरु भएको थियो ।

    तालिममा परियोजना लागु भएका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका वैदेशिक रोजगारको सिलसिलामा मलेसिया सहित खाडी मुलुकहरुमा काम गरेर नेपाल फर्किएर स्वदेशमा नै व्यवसाय गरिरहेका र व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेका २० युवाको सहभागिता थियो ।

    वैदेशिक रोजगारीमा सिलसिलामा सिकेको ज्ञान, सीप, क्षमता र विदेशमा कमाएको पैसालाई सही सदुपयोग गर्दै स्थानीय स्तरमा उद्यमशीलताको माध्यमबाट त्यसलाई सदुपयोग गर्दै सफल उद्यमी बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । तालिम पश्चात सहभागीहरुले आफ्नो वित्तीय योजना सहित विभिन्न व्यवसाय गर्नेछन् यसलाई स्थानीय तह र कार्यक्रम सञ्चालन सेवा प्रदायक संस्थाले अनुगमन समेत गर्नेछ ।

    तालिमको समापनका अवसरमा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने वैदेशिक रोजगारीमा गएर आएका व्यक्तिहरुलाई स्थानी स्तरमा नै व्यवसाय गर्नेहरुलाई नगरपालिकाले विशेष प्राथमिकता दिने बताउनुभयो ।