कोरोनाको जोखिम बढेपछि व्यासमा वैशाख २१ गतेदेखि परीक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कोरोनाको जोखिम बढेपछि व्यासमा वैशाख २१ गतेदेखि परीक्षा

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७८, शुक्रबार

    तनहुँ : काेरोनाको जोखिम बढ्दै गएपछि व्यास नगरपालिकाले जेठ दोस्रो सातादेखि गर्न लागेको परीक्षालाई वैशाख अन्तिम सातादेखि सञ्चालनको तयारी गरेको छ । जेठ ९ गतेदेखि गर्न लागिएको परीक्षालाई वैशाख २१ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

    “वैशाख २१ गतेदेखि परीक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयलाई निर्देशन दिइसकेका छौ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो ।

    व्यास नगरपालिकामा शुक्रबार बसेको बैठकले बालविकासदेखि कक्षा ९ सम्मको परीक्षाको मिति तय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै विद्यार्थी भएका विद्यालयमा तीन चरणमा परीक्षा सञ्चालन हुनेछन् । “कोभिडको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाएर परीक्षा सञ्चालन गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिइएको छ,” रेग्मीले भन्नुभयो ।