तनहुँ : नुहाउने क्रममा सेती नदीले बगाएकी एक महिलाको शुक्रबार उद्धार गरिएको छ । तनहुँको व्यास नगरपालिका–१३ स्थित सेती नदीमा नुहाउने क्रममा बगाएकी ६० वर्षीया मधुमाया श्रेष्ठलाई उद्धार गरिएको हो ।
नदी किनारमा नुहाउने क्रममा नदीले बगाएकी श्रेष्ठलाई तत्कालै प्रहरी टोली खटिई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । निजलाई उपचारका लागि दमौली अस्पताल पठाइएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।