तनहुँ : तनहुँमा शुक्रबार ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । तनहुँमा दैनिकजसो कोरोना सङ्क्रमित थपिनेक्रम जारी छ । यसैक्रममा शुक्रबार भीमाद र शुक्लागण्डकी नगरपालिकाका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सबै सङ्क्रमित पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणबाट पहिचान भएका हुन् । स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार भीमाद नगरपालिका–६ का २९ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका–१ का ४५ र ४६ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–९ का १३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाका २५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।