तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सल्लाहकार मनोनित गरेको छ । शाखा अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले गोरा मियाँ, प्रकाशचन्द्र भट्टराई र डम्बरबहादुर अधिकारीलाई सल्लाहकारमा मनोनित गरेको हो ।
बैठकले शाखाको अधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । साथै कोभिड १९ को दोस्रो लहरको महामारीबाट उत्पन्न हुन सक्ने समस्या र चुनौतीहरुप्रति सचेत रही स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता राखेर पेशागत कर्तव्य पूरा गर्न महासङ्घले सबै सञ्चारकर्मीलाई अनुरोध गरेको छ ।