आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने तनहुँका वृद्ध पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने तनहुँका वृद्ध पक्राउ

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७८, मंगलवार

    तनहुँ : आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँका एक वृद्ध काठमाडौमा पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकापबाट व्यास नगरपालिका–१४ का ६३ वर्षीय कमल थापा पक्राउ परेका हुन् ।

    जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरी प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको बताइएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।