व्यासमा बाहिरबाट आउने होम क्वारेन्टिनमा बस्न पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा बाहिरबाट आउने होम क्वारेन्टिनमा बस्न पाउने

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७८, मंगलवार

    तनहुँ : बाहिरबाट आउने व्यास नगरपालिकावासीहरु होम क्वारेन्टिनमै बस्न पाउने भएका छन् । व्यास नगरपालिकाले अन्य विभिन्न मुलुकबाट आउनेहरुलाई होम क्वारेन्टिनमै बस्न दिने निर्णय गरेको हो ।

    मङ्गलबार बसेको कार्यपालिकाको बैठकले टोल विकास संस्थाको सहयोग र समन्वयमा न्यूनतम दश दिनसम्म यथासम्भव होम क्वारेन्टिनमै राख्ने र सम्भव नभए सम्बन्धित वडाहरुमा रहेका सार्वजनिक तथा सामुदायिक भवनमा क्वारेन्टिन स्थापना गरी सोही क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    सङ्क्रमितको स्वास्थ्य अवस्था र त्यसको जटिलता हेरी त्यस्ता प्रकृतिका सङ्क्रमितलाई होम आइसोलेशन वा यस अगाडी सञ्चालनमा रहेका आइसोलेशन केन्द्रमा राख्ने र सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल बनेमा अस्पतालमा पठाउने व्यवस्थापनका लागि वडा कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।

    क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको सुविधालाई मध्यनजर गरी सात जनाभन्दा बढी क्वारेन्टिनमा बस्ने व्यक्तिहरु भएमा सम्बन्धित वडाका स्वास्थ्य केन्द्रमा नै निःशुल्क पिसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो । साथै सम्भावित परिस्थितिलाई मध्यनजर गरी आवश्यक जनशक्ति, एम्बुलेन्स र शववाहन तयारीमा अवस्थामा राख्न सम्बन्धित शाखालाई निर्देशन दिइएको छ ।