के छन् उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष श्रेष्ठको भावी योजना ? (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    के छन् उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष श्रेष्ठको भावी योजना ? (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बुधबार पदभार ग्रहणसँगै आफ्ना भावी योजना सार्वजनिक गर्नुभएको छ । सङ्घको सभाहलमा पदस्थापन तथा शपथग्रहण गरेपछि अध्यक्ष श्रेष्ठले भावी योजना सार्वजनिक गर्नुभएको हो ।

    अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्ष ०७७/७८, ०७८/७९ र ०७९/८० मा आफूले गर्ने योजना प्रस्तुत गर्नुभयो । सो क्रममा श्रेष्ठले सबैको साथ र सहयोगले मात्रै आफ्ना योजना कार्यान्वयन हुने बताउँदै सहयोगको अपेक्षा समेत गर्नुभयो ।

    श्रेष्ठले चालु आर्थिक वर्षको अवधिमा सङ्घको गतिविधिलाई चुस्त र दुरुस्त राख्न आवश्यकता अनुसार विभिन्न उपसमिति गठन, वर्तमान सन्दर्भमा व्यावसायिक एवं सामाजिक उत्तरदायित्व वहन, व्यवसाय प्रबद्र्धन एवं लेखा तालिम, भलाई कोष एवं व्यवसायीबीच सदस्यता विस्तार एवं निरन्तरता, उद्योगी व्यवसायीहरुलाई सरल एवं सहज सुविधा प्रदान गर्न उद्योग, व्यवसायमा प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन, कर, घरेलु कार्यालय र बैङ्क तथा वित्तीय संस्थाहरुका प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

    आर्थिक वर्ष ०७८÷७९ मा सङ्घको सुदृढ सचिवालय एवं औद्योगिक ग्राम निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र तहसम्मका सम्पूर्ण प्रतिनिधिहरुबीच छलफल, सदस्यता विस्तर, चेम्बर बुलेटिन प्रकाशन, नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश, सरकारी एवं गैरसरकारी दातृ निकायसँग सहकार्य गरी विभिन्न आयआर्जन एवं सीपमूलक तालिम सञ्चालन, ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्यको प्रचारप्रसार संरक्षण र प्रबद्र्धन, कृषि र पर्यटन उद्योगको सम्भावना, संरक्षण एवं बजारीकणका लागि सम्बन्धित सरोकारवालासँग विस्तृत अन्तरक्रिया, व्यवसायीको साझा समस्या र विभिन्न वस्तुगत सङ्घहरुको समस्याको पहिचान गर्न कार्यशाला गोष्ठि, प्रत्येक ६÷६ महिनामा जिल्ला कार्यसमिति, सल्लाहकार समिति र विभिन्न उपसमितिको संयुक्त बैठक र समितिहरुबाट प्राप्त प्रतिवेदनका आधारमा थप कार्यक्रम सम्पन्न गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

    त्यस्तै तनहुँ जलविद्युत परियोजना र सङ्घका पदाधिकारीबीच व्यवसाय विस्तार र सहकार्यका लागि छलफल, व्यवसाय प्रबद्र्धन र विशिष्टकरण गर्नका लागि उद्योगी, व्यवसायीका प्रतिनिधि र सङ्घका कार्यसमिति सदस्यहरुको आन्तरिक एवं बाह्य अध्ययन अवलोकन भ्रमण, स्थानीय उत्पादन, बजारीकरण, आर्थिक एवं सामाजिक विकासका लागि जिल्ला एवं विभिन्न बजार इकाईमा मेला महोत्सव, सीपमूलक व्यावसायिक तालिम, जिल्ला स्थित होमस्टेको स्तरोन्नति, प्रबद्र्धन र व्यावसायिक विस्तारमा जोड दिने योजना रहेको श्रेष्ठले सुनाउनुभयो ।

    यसैगरी आर्थिक वर्ष ०७९÷८० मा सदस्यता विस्तार, व्यवसाय व्यवस्थापन एवं नेतृत्व विकास तालिम, नापतौल तथा सदस्यता नवीकरण अभियान, चेम्बर बुलेटिन प्रकाशन, साना तथा मझौला उद्योगहरुको स्थापनाका लागि व्यवसायीहरुलाई अभिप्रेरित गर्न औद्योगिक भ्रमण एवं ठूला उद्योग स्थापनाका लागि आवश्यक पहल गर्ने कार्ययोजना रहेको श्रेष्ठले जानकारी दिनुभयो ।