जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ चैत महिनाको उत्कृष्ट कार्यालय हुन सफल भएको छ । गण्डकी प्रदेशको ट्राफिक कार्यालयले तनहुँलाई गत महिनाको उत्कृष्ट कार्यालय घोषित गरेको हो ।
ट्राफिक व्यवस्थापनमा प्रभावकारिता ल्याई सवारी दुर्घटना न्यूनिकरण गर्ने कार्यलाई प्रस्तिष्पर्धी बनाउने उद्वेश्य अनुरुप तयार गरिएको अन्तर इकाई कार्य सम्पादन मूल्याङ्कनमा तनहुँ ट्राफिक प्रहरी प्रथम भएको बताइएको छ । ४२ बुँदे कार्य सम्पादनमा प्रथम हुन सफल तनहुँ र दोस्रो हुन सफल गोरखालाई गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले पुरस्कार वितरण गर्नुभएको छ ।
सबैको साथ र सहयोगले ट्राफिक व्यवस्थापनमा सफलता मिलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डिबी हमालले जानकारी दिनुभयो ।