पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । उहाँले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाउनुभएकाे हाे ।
उहाँलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिनुभयाे । उहाँले बिहीबार नै सपथ लिँदै हुनुहुन्छ ।