लुम्बिनीमा मन्त्री बन्ने जसपा सांसद्हरु पदमुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुम्बिनीमा मन्त्री बन्ने जसपा सांसद्हरु पदमुक्त

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७८, बिहीबार

    काठमाडौं : शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा मन्त्री भएका जनता समाजावादी पार्टी (जसपा)का सांसद्हरु पदमुक्त भएका छन्।  बिहीबार प्रदेश सचिवालयले सूचना प्रकाशित गरेर उनीहरु पदमुक्त भएको जानकारी गराएको हो।

    ‘सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, मुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १९१ बमोजिम हाल प्रदेश सभा बैठक चालु नरहेकोले सचिवालयको सूचना पाटीमा आदेशानुसार टाँस गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, प्रदेश सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा भनिएको छ।