पाेखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ३१ पुगेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ वर्षीया महिलाको वैशाख १८ गते होम आइसोलेशनमा मृत्यु भएको छ । उहाँमा वैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको वैशाख १८ गते मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख १५ गते सङ्क्रमण पुष्टि भएको थियो । पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको वैशाख १८ गते गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा वैशाख १७ गते सङ्क्रमण पुष्टि भएको थियो ।
दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषको वैशाख १७ गते गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा वैशाख १५ गते सङ्क्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिलाको वैशाख १८ गते मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–१० की महिलाको वैशाख १८ गते मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख १६ गते सङ्क्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको वैशाख १८ गते गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा वैशाख १८ गते नै सङ्क्रमण पुष्टि भएको थियो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषको वैशाख १९ गते मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख ९ गते सङ्क्रमण पुष्टि भएको थियो ।